Tuesday, June 20, 2006

संगत

"पाहाड्को जन्म पाई अति अबुझ छुचा क्रोधी जन् संग पाई
लेखेछन् ग्रन्थ सुन्दर तर पनि कविले धन्य लाग्यो मलाई ।।"
माथिको पद्य मेरा पितामह पण्डित कविराज नरनाथ शर्मा अाचार्य (१९६२- २ं०४५) ले अाफ्ना पूर्वज अादिकवि भानुभक्त अाचार्य (१८७१-१९२५) प्रति अाज भन्दा लगभग ५०-५५ वर्ष पहिले लेख्नुभएको हो । यहाँ पहाडको विकट भूगोलको जन्म  अति अबुझ, छुचा, एवं क्रोधी जनको संगत हुँदा पनि कविले सुन्दर ग्रन्थ लेखेको प्रसंग छ । गजाधर सोतीको घरमा निकालिनु, गिरिधारी भाटसंग कुलाको विवाद हुनु लगायतका प्रसंगमा रचिएका भानुका कविताले त्यो समयको मूल्यांकन गर्न सघाए पनि मेरा पितामहको अाफ्नै अनुभव पनि यस पद्यको रचनामा प्रेरणा रहेको होला । अाज मैले यो पद्यको उद्धरण दिनुको अर्थ अाज २०० वर्ष पछि पहाडको जीवन भौतिक रूपमा केही समृद्ध त भयो तर अधिकांश व्यक्तिको गुण उस्तै नै रहेको छ, यस्तो प्रतिकूल वातावरणमा पनि सीमीत संख्यामा भए पनि बाँकी सकारात्मक व्यक्तिले रचनात्मक कार्यमा संलग्न हुनु पर्छ भन्ने हो ।

Saturday, May 27, 2006

मन चोर्ने शाकुन्तल

काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला।।
~काव्यहरूमा नाटक मन चोर्ने हुन्छ  नाटकहरूमा मन चोर्ने शाकुन्तल छ ।

Saturday, May 20, 2006

द्वा सुपर्णा

"द्वा सुपर्णा सयुजा सखाया 
समानं वृक्षं परिषस्वजाते । 
तयोरन्यः पिप्पलं स्वाद्वत्त्य-
नश्नन्नन्यो अभिचाकशीति ॥" ~ ऋग्वेद १-१६४-२०
मैले गरेको समच्छन्द अनुवाद:-
दुईटा चरा राम्रा प्वाँख भा'का थिए
यौटै रूखमा बस्दथे साथी थिए
तिन्मा यौटा पिप्पली फल मीठो
खान्थ्यो आर्को नखाई खुसी रहन्थ्यो ।।
( यहाँ रूख प्रकृति  यी दुई चरा जीव  ब्रह्मका प्रतीक हुन्)
"Two birds of beautiful plumage closely united in friendship reside together in the same tree. One bird eats of the sweet fruits on the tree while the other watches but does not eat."
Here the tree is Prakriti and the birds are Jivatma ( Which enjoys the fruit of action) and Paramatma ( Which just watches).

दुर्जन र सज्जन

मध्याह्न अघिको घामको छाया शुरुमा ठूलो  पछि विस्तारै स्यानो स्यानो हुन्छ भने मध्याह्न पछिको घामको छाया शुरुमा स्यानो  पछि विस्तारै ठूलो ठूलो हुन्छ । दुर्जन  सज्जनसितको मित्रता पनि यिनै घामको छाया जस्तै हुन्छ ।

धेरै पढिएकाे

पृष्ठ संग्रह