खाेजी गर्नुहाेस्
Wednesday, November 2, 2011
मोनसान्टोलार्इ राेकाैँ
मोनसान्टो एउटा अमेरिकी बीउ कम्पनी हो जसले आफ्ना उन्नत भनाउँदा बीउ बेच्नका लागि षडयन्त्रपूर्वक हाम्रा परम्परागत बीउ मासिदिन्छ। त्यसपछि हाम्रो कृषि जैविक विविधता खत्तम हुन्छ र हामी सधैँका लागि बीउबिजनका लागि पराश्रित हुन पुग्छौँ। कृषकहरू बीउ रमलको खर्च उठाउन सक्दैनन् र भारतमा जसरी आत्महत्या गर्ने अवस्थासम्म पुग्छन्। कृषि गरीबहरुका हातबाट साहुहरूका हातमा पुग्छ। सरकारमा बस्नेहरूलाई स्वार्थमा फसाउनर/वा अल्मल्याउन सक्ने भ्रष्ट कर्मचारीका बुई चढाएर स्वार्थी दाताले नेपालमा छिराउन लागेको मोनसान्टोलाई रोक्न तपाईँ हामी पनि सक्छौँ - यसका बारेमा लेखेर, बोलेर रआआफ्ना जानपहिचानका राजनीतिक व्यक्तिहरूलाई लबी गरेर। मोनसान्टोलाई रोकौँ, कृषिको सार्वभौमिकता जोगाओँ।
Wednesday, May 25, 2011
कलियुग
एक पटक कुनै सज्जनले एक महात्मासँग सोधे -"महात्माजी, संसारमा पापी (कर्तव्यच्युत) मान्छेहरू सुखी र धर्मात्मा (कर्तव्यनिष्ठ) मान्छेहरू दु:खी देखिन्छन्, यस्तो किन भएको हो? कलियुग(खराब संगत)ले गर्दा हो कि? यस्तोमा धर्म (कर्तव्यनिष्ठता)को गौरव के रह्यो? " महात्माले भन्नुभयो "पापको र भौतिक समृद्धिको खुसी क्षणिक छ, तिनले पापको दण्ड यसै युगमा अवश्यै पाउँछन् र धार्मिकमान्छेहरू कहिल्यै दु:खी हुँदैनन्, क्षणिक भौतिक सुखमा लिप्त पापीहरूलाई सुखी देख्ने धार्मिकभनिएकाहरू पनि पापी नै हुन् । कलियुग भनेको तिनैको मानसिकतालाई हो । साँच्चैका धार्मिकहरू सँधै सुखी हुन्छन् । तिनलाई कहिल्यै कलियुगले छुँदैन ।"
Friday, February 4, 2011
ज्यान पनि पैसा पनि
आज आयुर्वेदका दुई पुराना व्यंग्य प्रस्तुत गर्छु:
१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'
अर्थः शरद् ऋतु डाक्टरकी आमा र वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)
२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।
अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।
१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'
अर्थः शरद् ऋतु डाक्टरकी आमा र वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)
२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।
अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।
Saturday, January 15, 2011
हुने विरूवाकाे चिल्लाे पात
झरना श्रेष्ठ नाै वर्षकी भइन् । याम्दीकाे पास्कल विद्यालयमा तीन कक्षामा पढ्ने झरनाकाे घर कति राम्राे है ?
हामी पनि केटाकेटीमा यसरी नै खेल्थ्याैँ । भाेलि पर्सी ठूली भए पछि याे चित्र देखिन् भने उनले पनि अहिले हामीले सम्झे जस्तै सम्झने छिन् ।
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...