सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइन । त्यसैले पाठकहरूले मेरो यस लेखोटमा अभिव्यक्त कुराहरूले समग्र नेपाली चलचित्रको तुलनात्मक मापदण्डलाई कुनै पनि रूपमा अभिव्यक्त गर्दैनन् भन्ने बुझिदिनुहोला । आजको मेरो “हाइवे” दर्शन, नितान्त मेरा वैज्ञानिक एवं कला संस्कृतिप्रेमी अग्रज समीरमणि दीक्षितको नेपाली चलचित्रलाई भेटी चढाऔं भन्ने आह्वानको पालना एवं र सहृदयी सूरज अर्यालको मित्रवत् प्रस्ताव (यसमा यातायात सुविधा संलग्न छ है! ) को फलस्वरूप थियो ।
पोखराको श्रीकृष्णचलचित्र भवनको विशिष्टश्रेणी लगभग भरिएको स्थितिमा चलचित्र प्रारम्भ भयो । व्यक्तिगत रूपमा मेरो चलचित्रबाट अपेक्षा शून्य नै थियो ( साधारणतया हरेक चलचित्रबाट म यही अपेक्षा राख्छु, अतः निराशाको कुनै संभावना रहन्न )l अझ म त पहिले नै चलचित्रको दरो छिद्रान्वेषण गरेर कटु टीप्पणी गरौँला भनेर भवनमा छिरेको थिएँ । तर भवनबाट बाहिरिँदा विचार व्यापक परिवर्तन भैसकेको थियो । तैपनि शुरू उपदेशबाट नै गरौँ । सर्वप्रथम नेपालीहरूमा धूमपानको अभिरूचि व्यापक भए पनि चलचित्रमा यस दृश्यलाई कम गर्न सकिन्थ्यो जस्तो लाग्छ । पर्दाको दृश्यबाट मन थाम्न नसकेका मेरा सहदर्शकहरूको मौखिक र व्यावहारिक आतुरताबाट पनि मलाई यो टीप्पणी विशेष रूपमा गर्न मन लाग्यो ।
चलचित्र दर्शकहरू पटमूर्ख हुन्छन् भन्ने सोचाईबाट माथि उठेर दर्शकलाई प्रशस्त आफ्नो सृजनशीलतालाई प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्छ र निश्चय नै एउटा राम्रो चलचित्रले धेरै प्रश्नहरूको उत्तर दर्शकलाई नै गर्न दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। यस अर्थमा कथासित संलग्न रहन नै नै हरबखत कान र आँखा चनाखा पार्नु पर्ने यस चलचित्र मलाई धेरै नै मन पर्यो । घटनाक्रमलाई तासका पत्ति जस्तै फिटेर देखाइँदा पनि चलचित्रले आफ्नो गति राखेको देख्ता उदेकका साथै धेरै रमाइलो लाग्यो । चिकित्साशास्त्र पढ्न लागेको विद्यार्थी , बसचालक, डाक्टर, घरेलु वा रेष्टुरेण्ट कामदारलगायत समाजका विभिन्न वर्गका प्रतिनिधि पात्रहरू पनि तासकै पत्ति जस्तै विभिन्न गुरुत्वका तर एक अर्कासँग नराम्ररी गाँजिएर आएका थिए । उनीहरूको अन्योन्याश्रित सम्बन्धले हरेक सजग दर्शकलाई यौटा सामाजिक अनुसन्धाता बनाउन सफल भयो ।
समग्रमा नायकरहित भए पनि शुरुमा मैले आफ्नो नायकाकांक्षा इलम दीक्षित बाट पूरा गरेँ । अग्ला सलक्क परेका इलम आकर्षक देखिए । अपर्झट दुलाहा बनेका इलम दीक्षितले सल्काएको चुरोटबाटै दुलही बनेकी अभिनेत्रीले चुरोट सल्काउन लागेको दृश्य पर्दामा धेरै प्रेमपूर्ण देखिए पनि लगत्तैको दृश्यमा उनले चुरोट तान्न नजानेको देख्दा निर्देशक बढी नै सृजनशील (तान्न नजानेकै देखाउन खोजेको अर्थमा) वा सहनशील (पुनःदृश्याङ्कन नगराएको अर्थमा) लागे । चलचित्रमा उत्तेजक नृत्य नभएको भनिए तापनि “पप्लु” नामक गीतले यसलाई प्रतिनिधित्व गरेको देखियो तर क्यामेरा संचालन र यसको लम्बाई र कथाको सम्बन्धको सरसताको दृष्टिकोणले यसलाई क्षम्य नै मान्न सकिने ठानियो । सुधारको रूपमा, रवीन्द्र मिश्रको चरित्रलाई अझ सबल बनाउन सकिन्थ्यो सशक्त संवादद्वारा (सेन्सरले काटेको अंशदेखि अतिरिक्त पनि) त्यसमा निर्देशक चुकेका छन् । संपादनमा पनि उनी रहेको दृश्यमा अरु निर्दयीपन आवश्यक थियो जस्तो लाग्छ । पार्श्व ध्वनिको प्रयोग/अभाव दुवै उत्कृष्ट छ । शास्त्रीय संगीत कतै सुने जस्तो लाग्छ । त्यो अझ कतै एक ठाउँमा नेपाली शैलीमा चुटुक्क एक्कै छिन मीठो बजेको भए राम्रै सुनिन्थ्यो । छायाङ्कन (सिनेमाटोग्राफि) उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरको छ बसको गियरमुनिबाट लिएको “शट” , रबीन्द्र मिश्रले खानलाग्दाको “डिष्टण्ट् शट” र अन्त्यको काठमाण्डौंको झरीपूर्णसडकको “रात्री शट” मलाई औधी मन परे ।
चलचित्र समग्रमा राम्रो छ तर निश्चय नै यौटा ठूलो समूहले यसलाई मन पराउने छैन तर मेरो बुझाइमा चलचित्रका निर्माताहरू यस तथ्यबाट राम्ररी परिचित छन् । लगानी सानो छ तर प्रचार प्रसारका खर्चले पनि यसमा उल्लेख्य हिस्सा ओगटेको होला । चलचित्रले १०० दिन वा १५० दिन मनाउला भनेर त कसैले पनि आशा नगरेकै कुरा हो तर यसलाई याद गरिनेछ यौटा अलग्गै धारको ( साँच्चैको अर्थमा) चलचित्रको रूपमा । चलचित्रका परिकल्पनाकार संभवतः निर्देशक दीपक रौनियार हुन् उनलाई धेरै धेरै साधुवाद छ र उनले र जो अन्य सम्पादकले यसका दृश्यहरूलाई निर्मायासित (सकारात्मक अर्थमा) चटचट काटे, उनीहरूको आत्मविश्वास नै मेरो लागि यस चलचित्रको सबै भन्दा बढी प्रसंशनीय पक्ष हो ।
मेरो नितान्त नीजी विचारमा चलचित्रको नाम नेपाली शब्दमा राख्ने साहस पनि निर्माण पक्षले देखाउनु पर्थ्यो जसले यौटा भए पनि नेपाली शब्दलाई यसको अन्तर्राष्ट्रिय सफलताको सन्दर्भमा वैश्वीकरण गराउँथ्यो कि ?
विगतमा रेनकोट (हिन्दी, २००४), पीपली लाइव (२०१०), धोबीघाट (२०१०) अ सेपेरेशन (२०११, ईरान) जस्ता चलचित्र मन पराएको मलाई यसको अन्त्य सबैभन्दा उत्कृष्ट लाग्यो, जहाँ “जनता” जो जति नै सर्वशक्तिमान भएता पनि कति निरीह छन् र संसाररूपी नाटकका प्रतिनिधि पात्रद्वारा क्षणिक प्रयोजनका लागि कसरी प्रयुक्त तथा अन्त्यमा परित्यक्त हुन्छन् भन्ने प्रतिबिम्ब छ र मेरालागि तिनै जनताहरू यस चलचित्रका वास्तविक नायक हुन् l
यद्यपि मलाई थाहा छ की मेरो समय र परिवेश अनि रस्सियन फिल्मकर्मी सेर्गेइ आइजेन्स्टाइनले बाँचेको समय र परिवेश दुवै नितान्त फरक छन्।
मेरो यो जीवनकै पहिलो चलचित्र समीक्षा हो र मैले यसलाईँ पाँचमा साँढे चार तारा दिएँ ।