Wednesday, May 31, 2017

पैतालामुनि के छ ?


~शिव सङ्कल्प (कृति समीक्षा)

कृति: पैताला (उपन्यास)

लेखक: गनेस पौडेल
प्रकाशक: बुक हिल
पृष्ठ: ३६३
मूल्य: रू. ४००

गुणवत्ता: ✘✔✔✔✔



अनन्य मित्रहरू ‘भाषिक’ र ‘प्रेमिक’ गनेस पौडेलको ‘पैताला’को गृह लाेकार्पणमा पसे । भाषिकले कुनामा बस्ने आसन भेट्टायो । प्रेमिकले उभिएरै हेर्यो । तामझाम सकिए पछि भाषिकले रू. ३३० तिर्यो । प्रेमिकले पुस्तक झोलामा हाल्यो । यस अघि नै पुस्तकको प्रचारात्मक लघुचलचित्रबाट प्रभावित भएका दुवैले खोसाखोस गर्दै तीन दिनका तीन तीन घण्टे तीन बसाइमा पुस्तक धुल्याए ।
 

‘‘गनेस पौडेल त तँ जस्तै रहेछ, नाम देखि नै अशुद्ध (प्रेमिक हुँदैन प्रेमी मात्र हुनुपर्ने हो तेरो नाम भनेर भाषिकले सँधै भन्थ्यो प्रेमिकले भने भाषिककै प्रेममा उसैको नामसँग अनुप्रास मिलाउन आफ्नो नाम प्रेमिक बनाएको थियो ) अनि उसका पात्रका नामहरू पनि असंगत र अशुद्ध छन् । त्रुपक, स्त्रीका, जोस्मणि, व्रणतुका, लोथिरा, उत्किलन आदि आदि... अझ मलाई त कथा-कानुनको नु ह्रस्व लेखेको पनि मन पर्दैन । अनि यो परिच्छेदै पिच्छे न्यारेटर अनि आख्यानकारको पर्दा किन? फेरी एक ठाउँमा त पोखराका चल्तापूर्जा युवा गनेस पौडेल अरे... कथालाई बढी जेलेर पाठकलाई कुइराको काग बनाउन हो?’’ भाषिकले प्रश्न गर्यो ।

Thursday, May 18, 2017

मरूभूमिका ऊँट

एउटा चिडियाघरमा ऊँट र उसको बच्चा थिए । बच्चा ऊँट धेरै चकचके र चलाख थियो । एकदिन बच्चा ऊँटले आमा ऊँटलाई सोध्यो 'हाम्रो ढाडमा किन जुरो हुन्छ?' आमा ऊँटले भनिन् 'हामीलाई मरूभूमिमा धेरै दिन हिँड्दा खाना र पानीको अभाव नहोस् भनि भण्डारको रूपमा हाम्रो जुरो हुन्छ।'
'अनि हाम्रो खुट्टा किन लामा र बलिया?' बच्चाले फेरी सोध्यो। 'मरूभूमिमा हिँड्न' आमाले जबाफ दिइन् ।
'अनि हाम्रो आँखिभौँ किन यति लामो र बाक्लो? कहिलेकाहिँ त हेर्न पनि गाह्रो हुन्छ।' बच्चाले फेरि सोध्यो । 'मरूभूमिमा हावा चल्दा उड्ने वालुवाबाट बचाउन ।' आमाले जवाफ दिइन्।
... ...
'हाम्रो जुरो, खुट्टा अनि आँखिभौँ सबै मरूभूमिमा काम लाग्ने रहेछ त हामी किन चिडियाखानामा?' बच्चाले एकछिन पछि पुन: सोध्यो । यसपटक आमासँग जबाफ थिएन ।
(Photo credit: www.manonthelam.com)

भाेट के मा ?

रूखले छहारी दिञ्च, सूर्जेले उज्यालो दिञ्च, हँस्सियाले घाँस काट्न काम दिञ्च, हथौडाले किलो ठोक्न काम दिञ्च, गाईले दुध दिञ्च, यस्तै अरू चिह्नहरूले पनि एक्थोक् एक्थोक् दिनि भा'भेर सप्पै चिह्नमा एकेक् भोट् दिनि निर्णे अरियो! :-

मतपत्र ७ कोलमको हुनुपर्ने!

मतपत्र ७ कोलमको हुनुपर्ने!
१४ कोलमकोमा भोटहाल्न त शहरका 'शिक्षित'लाई सिकाउन पनि गाह्रो पर्‍यो मलाई! 
दूरदराजका अल्पशिक्षितको के दशा होला? 
ठूला दलका अन्ध भोटरलाई मात्र सजिलो बनाइएको रहेछ! :-(
अझ मतपत्रमै अपवित्र गठबन्धन छ, रूख र हँस्सिया हथौडा एकातिर, सूर्य र गाई अर्कातिर! :-P

Thursday, May 11, 2017

रञ्जु दर्शना र नेपाली राजनीति


~शिव सङ्कल्प

हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नलाई विस्तृत विवेचन गर्नु आवश्यक थियो, तर आज अर्कै प्रसङ्ग परेकाले त्यो विस्तृत विवेचनलाई थाति राख्दै लेख शुरू गरिन्छ । तैपनि छोटकरीमा यति चाहिँ भन्नै पर्छ कि दुर्भाग्यवश हाम्रो देशमा धेरै आन्दोलन भए, क्रान्ति भए, व्यवस्था परिवर्तन भए, विभिन्न कालखण्डमा विभिन्न प्रकारका युद्ध समेत भए, तर जेलाई राजनीति भन्नु पर्ने हो कम से कम निकट भूतकालमा यहाँ हुन सकेन । आजको मुख्य चुनौती भनेकै नामको राजनीतिलाई कामको राजनीतिमा पुर्याउनु हो ।



आजको प्रसङ्ग हो, यस्तै लक्ष्य बोकेकी रञ्जु दर्शनाको । रञ्जु दर्शनालाई मैले सर्वप्रथम चिनेको डा. गोविन्द केसीको आन्दोलनको समर्थन गर्ने व्यक्तिहरूको समूहमा हो । जम्मा अठार बीस वर्षकी मुडुलो कपाल भएकी कलिली युवतीको त्यो तहको जोश र जाँगर देखेर प्रभावित भएर मैले उनलाई सामाजिक सञ्जालमा पछ्याउन थालेको अझै दुई वर्ष पनि पुगेको छैन ।

सन्तबहादुरले दुई भोट पायो (कथा)

~शिव सङ्कल्प

(चुनाव शीर्षकमा सेतोपाटीमा प्रकाशित कथा)

सन्तबहादुर तामाङले ट्याक्सीचालक संघ पोखरा शाखाको चुनावमा ‘आफैं लड्ने’ अठोट गर्यो। 

‘आँफै लड्ने’ भनेर किन भनेको? पाठकहरू सोध्नुहोला, यहाँको सोधार्इ जायज छ! 

चुनाव घोषणा भएलगत्तै जताततै चुनावी सरगर्मी बढेको थियो। नयाँ सदस्यता वितरण गर्ने, को उम्मेदवार हुने, को को मिलेर प्यानल बनाउने, कसलाई अगाडी बढाउने, कसलाई पछाडी पार्ने आदि आदि। यस्तै सरगर्मीमा सन्तबहादुरलाई पनि धेरै पक्षबाट दिउसो र साँझको चियापानमा आउन निमन्त्रणा आएको थियो। चुनावमा सघाउन अनुरोध आएको थियो। एक दुईवटा कार्यक्रममा ऊ नगएको पनि होइन तर जहाँ पनि व्यवसायको कुरा भन्दा को को आफ्ना हुन् रु तिनलाई कसरी अगाडी पार्ने र को कोलाई छिर्के हान्ने भन्ने मात्रै कुरा भए पछि उसलाई मोहभङ्ग भएको थियो। एउटा भेलामा गएपछि एकथरी साथी नबोल्ने अर्को भेलामा गएपछि अर्काथरीले गर्दन घुमाउने गरेको पनि उसलाई चित्त बुझेको थिएन। यस्तै तानातानमा परेर नै उसले चुनावमा ‘आफैं लड्ने’ निश्चय गरेको थियो।

Saturday, May 6, 2017

साँच्चैका बुद्धिजीवि

सिद्धान्तत: प्रजातन्त्र सबै भन्दा राम्रो व्यवस्था हो जहाँ जनताले चुनेका प्रतिनिधि मार्फत् देश संचालन हुन्छ । अत: कार्यपालिका, न्यायपालिका  विधायिकामा ठूलो नि:सन्देह विधायिका हो । 
तर अचेत जनताले चुनेका विचेत प्रतिनिधिले बनेको विधायिकालाई मुट्टीभर शक्तिले दुरूपयोग गर्दा 'न्यायपालिकाले बचायो'भन्नु  'राजाआऊ देश बचाऊ' भन्नु एकै हो । 
पहिचान, अधिकार, आत्मनिर्णय अनि सार्वभौमिकता सबै सोझै आत्मनिर्भरतासित जोडिन्छन् अनि आत्मनिर्भरता कडा परिश्रम  त्यागसित । दानमा मागेको मतपेटिकाले तीन तहको निर्वाचन गराएर यो स्थापित हुनेवाला छैन ।
नेपालका राजनैतिक दलले सत्ताको लागि विगत  वर्तमानमा गरेको तालमेल देखिएकै हो, तसर्थ हाल स्थानीय निर्वाचनको अवसरमा विभिन्न ठाउँमा गरेको तालमेलले यी दलको सिद्धान्तहीनता  सत्तालोलुपता पहिलो पटक उजागर भएको हैन । यो त जनताको अझै रहेको निम्न चेतनास्तरको परिचायक हो । जसले जहिले जता जसरी घसेटे पनि घसेटिने घसेउटा भन्दा केही हैसियत रहेन हाम्रो! :-(
अत: देश बचाउन 'अचेत' जनता 'सचेत' नभैकन संभव छैन । 
यो कार्यभार मुख्यरूपमा बुद्धिजीविको हो । तर बिकेका  बिक्न पालो पर्खेका कथित बुद्धिजीविबाट यो संभव छैन । साँच्चैका बुद्धिजीवि कोहि भए यसतर्फ प्रयास गरौँ ।

Monday, May 1, 2017

पापमुक्त र छुद्रतामुक्त

राजनीतिमुक्त त केही पनि हुँदैन, तर पापमुक्त र छुद्रतामुक्त भने सबै हुनुपर्छ ।
Show more re

धेरै पढिएकाे

पृष्ठ संग्रह