जम्मु कश्मीरकाे लद्दाखमा जन्मेका साेनाम वाङचुक वास्तविक जीवनका 'फुङसुख वाङडु' हुन् जसले लद्दाखीहरूकाे शिक्षामा व्यापक सुधार गरे । उनकाे पहलमा भएकाे मूलधारकाे भनिने शिक्षालार्इ लद्दाखीहरूकाे अनुकुल बनाउने शैक्षिक सुधारले गाउँकाे विद्यालयकाे उत्तीर्ण प्रतिशत पाँचबाट बढेर पचहत्तर पुग्याे । यतिले पनि सन्तुष्ट नभएका उनले शिक्षामा असफल भनिएकाहरूलार्इ सिन्धु नदीकाे तटमा स्थित गाउँ 'फे'मा भिन्दै विद्यालय सेकमाेलकाे स्थापना गरे। जहाँ विद्यार्थीहरूले प्रयाेग गरेरै सिक्ने माैका पाउँछन् ।
सानैमा घरैमा अामासित पढेका साेनामलार्इ कश्मीरकाे उर्दू र अंग्रेजीमय अाैपचारिक शिक्षा लिन कठिन परेकाे थियाे । राजनीतिक बाबुका छाेरा साेनामले पछि दिल्लीकाे विशेष केन्द्रीय विद्यालयमा र श्रीनगरमा मेकानिकल इन्जिनियरिङ पढे । बाबुसित खटपट परेर शिक्षाकाे खर्च अाँफै जाेड्न विदा विदामा ट्युशन पढाउँदा उनलार्इ अाफ्नाे समुदायका विद्यार्थीलार्इ अाैपचारिक भनिने शिक्षा लिन कति कठिन पर्छ भन्ने अनुभव भयाे । इन्जिनियर बने पछि उनलार्इ अाफ्नाे गाउँमा इन्जिनियर भन्दा पनि शिक्षा सुधारककाे खाँचाे रहेकाे अनुभव भयाे र बाँकी जीवन त्यसैमा लगाउने निर्णय गरे । हिउँकाे स्तूप, पानी तथा वातावरण संरक्षणकाे उनकाे याैटा यस्ताे प्रयाेग हाे जसकाे सफलताकाे विश्वभरी प्रशंसा भएकाे थियाे । उनले यसकाे लागि राेलेक्स पुरस्कार पाएका थिए । लद्दाखी र तिब्बतीका अतिरिक्त हिन्दी र अंग्रेजी बाेल्ने साेनामकाे हिन्दी पनि हिन्दीमातृभाषीले पनि गर्व गर्न लायककाे छ ।
धेरैका लागि प्रेरणास्राेत रहेका साेनामले अाफ्नाे परिचयमा गर्वका साथ लेखेका छन् "सेकमाेल विद्यालयकाे पूर्व निर्देशक तथा कुचीकार" ।
नेपालले पनि यस्तै साेनाम वाङचुकहरू पाअाेस् ।
(चित्रः साेनामकाे फेसबुकपृष्ठबाट तथा तलका हिउँकाे स्तूपबारेकाे र साेनामले हिन्दी अनि अंग्रेजीमा दिएकाे व्याख्यान युट्युबबाट)
No comments:
Post a Comment