फाेटाे ः विकिमिडिया कमन्स |
खलीफाले माेची बिरामी भएकाे शंका गरी हेर्न पठाए तर माेची त झाेक्राएर घाेसेमुण्टाे लगाएर जुत्ता सिउँदै रहेछ । खबर पाए पछि खलीफा अाँफै माेचीकाे खबर लिन अाए र माेचीलार्इ गीत नगाउनुकाे कारण साेधे । माेचीले जबाफ दियाे -सरकार मैले हजूरले दिनुभएकाे सय दीनार घर राख्ने ठाउँ नै देखिन, बीबीलार्इ राख्न दिए पनि, सँगै लिएर हिँडे पनि कतै चाेरिने लुटिने हाे कि भन्ने डर लाग्याे, यसले केही खरीद गर्ने कुरा पनि देखिन, अल्लाहकाे कृपाले अाफ्नाे शीपले दैनिकी चलेकै थियाे याे पैसा मलार्इ काम रहेनछ याे पैसा हजूरले नै फिर्ता लिर्इदिनुपर्याे । माेचीकाे कुरा सुनेर खलीफा अवाक् भए । उनले पैसाकाे पाेकाे फिर्ता लिए । भाेलिपल्टदेखि माेचीकाे उही मस्तीका साथ गाना गार्इरहेकाे थियाे । खलीफा अल्लाहकाे कुदरत देखेर राेमांचित भए ।
No comments:
Post a Comment