कस्ताे रैछ कर्म मेराे घरमा साैता पस्याे बरिलै... साैताकाे छ खटन पटन के खानु र मैले बरिलै... स्वामिज्यूकाे मीठाे वचन सुन्न मैले पाइन बरिलै... अाफ्नाे घुरकाे स्वामि पनि पराइ भयाे एेले बरिलै... याे गीत युट्युबमा खाेज्दा पाउन सकिएन । बिहान उठी पानी लिन जाँदा हजारीकाे फूलले बाटाे छेकेकाे.... न त याे नै पाइयाे । उसाे त केटाकेटीमा रेडियाे नेपालमा सुनेका मन परेका मधुबाबु थापा, चन्द्रकला शाह, बमबहादुर कार्की अादिका तीजका सबै गीत युट्युबमा पाउन साह्रै कठिन छ । तैपनि युट्युबमा भेटिएका मध्ये मलार्इ मन परेका दश गीत यहाँहरूकाे मनाेरञ्जनकाे लागि तल सूचीकृत गरेकाे छु । याे भन्दा राम्रा भेटिन्छन् भने टिप्पणी गर्नुहाेला । १०. ए बुडी तीज अायाे टिभी खाेल त
९. जसाे परे पर्ला
८. काेइ छैन किनेर ल्याइदिने काेइ छैन
७. अाइथी रे साली लाइथी रे कुरा
६. दुध र घिउ र खानि भा चट्ट कपाल काेर माया
५. तीज अायाे जाउ न बाबु दिदी लिनलार्इ
४. हम्क्याइलाे
३. घरै रमाइलाे कि माइतै रमाइलाे (४०.१४-४३.३७)
२.लिलै कतली (०.३८-५.४९) १. तिजैमा ल्याइदेकाे मेराे स्वामिराजाले (१५.२८-१९.४१)
याज्ञवल्क्यले गृहस्थाश्रम त्याग्ने बेलामा अाफ्ना दुर्इ पत्नीहरू कात्यायनी र मैत्रेयीमा अाफ्नाे सम्पत्ति बाँडिदिने विचार गरेर मैत्रेयीलार्इ साेधे । मैत्रेयीले साेधिन् "के संसारभरकाे धन पाएर पनि म अमर हुन सक्छु ?" याज्ञवल्क्यले भने "सक्दिनाै, तिम्राे जीवन धेरै धनी मान्छे जस्तै सुखी त हाेला तर धनले अमर भइँदैन ।" "त्यसाे भए कसरी अमर भइन्छ त ? मलार्इ त्याे बताउनुहाेस् " मैत्रेयीले अाग्रह गरिन् । "बडाे उत्तम प्रश्न गर्याै बस, सुन" याज्ञवल्क्यले शुरु गरे... "पतिकाे प्रेमले गर्दा पति प्रिय भएकाे हैन, अाफ्नै कारणले पति प्रिय भएकाे हाे । पत्नीकाे प्रेमले गर्दा पत्नी प्रिय भएकी हैनन्, अाफ्नै कारणले पत्नी प्रिय भएकी हुन् । छाेराछाेरीकाे प्रेमले गर्दा छाेराछाेरी प्रिय भएका हैनन्, अाफ्नै कारणले छाेराछाेरी प्रिय भएका हुन् । धनसम्पत्तिकाे प्रेमले गर्दा धनसम्पत्ति प्रिय भएका हैनन्, अाफ्नै कारणले धनसम्पत्ति प्रिय भएका हुन् । ब्रह्मप्रतिकाे प्रेमले गर्दा ब्रह्म प्रिय भएकाे हैन, अाफ्नै कारणले ब्रह्म प्रिय भएकाे हाे । क्षत्रप्रतिकाे प्रेमले गर्दा क्षत्र प्रिय भएकाे हैन, अाफ्नै कारणले क्षत्र प्रिय भएकाे हाे । संसारप्रतिकाे प्रेमले गर्दा संसार प्रिय भएकाे हैन अाफ्नै कारणले संसार प्रिय भएकाे हाे । देवताप्रतिकाे प्रेमले गर्दा देवता प्रिय भएका हैनन्, अाफ्नै कारणले देवता प्रिय भएका हुन् । जीवजन्तुप्रतिकाे प्रेमले गर्दा जीवजन्तु प्रिय भएका हैनन्, अाफ्नै कारणले जीवजन्तु प्रिय भएका हुन् । यसरी सबैकुरा प्रतिकाे प्रेमले गर्दा सबैकुरा प्रिय भएका हैनन्, अाफ्नै कारणले सबैकुरा प्रिय भएका हुन् । तसर्थ हे मैत्रेयी अाँफूलार्इ नै देख्न, सुन्न, जान्न, मनन गर्न प्रयास गर्नुपर्छ । अाँफैलार्इ देखे, सुने, गुने, जाने पछि नै सबै जानिन्छ । " यस्तै धेरै अात्मचर्चा पछि सबै सम्पत्ति कात्यायनीलार्इ छाडेर याज्ञवल्क्य र मैत्रेयी तपस्या गर्न वन पसे । (कथा बृहदारण्यक उपनिषद् बाट, चित्र किड्स् डट वाप्स डट अाेअारजीबाट )
अाजभन्दा करीब २७ वर्ष अघि २०४७ सालकाे साउन महिनाकै जस्ताे लाग्छ कुनै दिनकाे गाेरखापत्रकाे पहिलाे पृष्ठमा छापिएकाे १५ पुगेर १६ लाग्दै गरेकाे किशाेरकाे चित्र हाे याे । त्याे दिन फलामे ढाेका मानिने एसएलसी परीक्षाकाे परीक्षाफल प्रकाशित भएकाे थियाे । २०४६ माघमा सञ्चालित परीक्षाकाे परीक्षाफल प्रकाशित हुन त्याे साल २०४६ सालकाे परिवर्तनले गर्दा अतिरिक्त ढिला भएकाे थियाे । म मुश्किलले अाठ वर्षकाे थिएँ, महिना र गते यकीन याद नभए पनि मलार्इ स्पष्ट सम्झना छ गाेरखापत्रकाे त्याे अंकमा नेपालभ्रमणमा रहेका भारतीय विदेशमन्त्री अाइके गुजरालले नेपाली प्रधानमन्त्री कृष्णप्रसाद भट्टरार्इसित भेटेकाे तस्वीर सँगैकाे मुख्य समाचार मुनि त्याे साल एसएलसी बाेर्डफर्स्ट भएका नृपेश प्रधानका चित्रकाे छेउमै त्याे साल दाेस्राे भएका स्वर्णिम वाग्लेकाे याे चित्र छापिएकाे थियाे ।
समय बित्दै गयाे कालान्तरमा नृपेश प्रधानले चिकित्साशास्त्र पढे भने स्वर्णिम वाग्लेले अर्थशास्त्र । बेलायतकाे लण्डन स्कूल अव् इकाेनाेमिक्स, अमेरिकाकाे हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियाकाे अष्ट्रेलियन न्याशनल विश्वविद्यालयमा पढेका वाग्लेले विश्व बैंकका साथै संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायमा जागिर गरे । बेलायतमा रहँदा स्वर्णिम वाग्लेले बीबीसी नेपालीसेवामा समाचार पढ्ने समेत गर्दथे । गाेरखाकाे बुङ्काेट घर भएका नेपाली भाषाका शिक्षक पिता जीवन वाग्लेका छाेरा स्वर्णिमकाे नेपाली भाषाप्रति पनि लगाव रहेकाले उनले त्याे अवसर पाएका थिए । उनका समकालीन पश्चिमी मुलुकमा शिक्षादीक्षा पाएकाहरूकाे तुलनामा उनकाे नेपाली उच्चारण, शब्दभण्डार र शब्दचयनमा सजगता सह्रानीय छ ।
अहिले ४३ वर्ष पुगेका युवा स्वर्णिम वाग्लेकाे चर्चा पुनः एकपटक चलेकाे छ किनकी उनी हालै राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष नियुक्त भएका छन् । यस अघि पनि उक्त अायाेगका सदस्य रहीसकेका उनकाे चर्चा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सक्षम र अाशालाग्दा विशेषज्ञकाे रूपमा हुने गरेकाे छ । स्वर्णिम वाग्लेकाे अार्थिक याेगदान तथा कृतिहरूका अध्येता तथा अर्थशास्त्रमा गम्भीर रूचि राख्नेमलेशियामा अाैषधिविज्ञानकाे प्राध्यापक रहेका मेरा मित्र भुवन केसीकाे विचारमा स्वर्णिम वाग्ले नेपालकाे ग्रामीण अार्थिकविकासकाे संयन्त्रका कुशल संचालक हुन सक्छन् ।
विश्वविद्यालय अनुदान अायाेगका अनुसन्धान निर्देशक दीपक कुमार खड्का फेसबुकमा लेख्छन्-
"सरकार बदलिने बित्तिकै योजना आयोगको नेतृत्व बदल्ने नोक्सानको परम्परा त्यागी नेतृत्वलाई ‘आयोगको गठन तथा कार्यसञ्चालन आदेश २०६७’ को दफा १७ अनुसार नै ५ वर्षको कार्यकाल पुरा गर्न दिने हो भने डा. स्वर्णिम वाग्लेले योजना आयोगको भूमिका पुनर्परिभाषित गर्नेदेखि लिएर योग्य नेतृत्वले कसरी प्रतिकुलतामा पनि आश्चर्यजनक उपलब्धि हासिल गर्न सक्छ भनेर देखाउनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
सुयोग्यताले अवसर पाएको यो एक प्रेरक दृष्टान्त हो !"
तुलनात्मक रूपमा धेरै अार्थिक सुविधा भएकाे विदेशी जागिर छाडेर नेपाल अाएका स्वर्णिम वाग्लेले एउटा अन्तर्वार्तामा भनेका छन् "जीवनमा एक बिन्दु यस्ताे अाउँदाे रहेछ, जब मान्छेलार्इ लाग्छ कि जीवनमा बढी बढी अार्थिक सुविधा मात्रै भन्दा पनि मध्यमस्तरकाे जीवनयापन गरेर पनि अाफ्नै देशमा अाफूले जानेकाे विषयमा र त्याे पनि नीतिगत तहमा काम गर्न पाउनु महत्त्वपूर्ण लाग्दाे रहेछ "। तर उनकै शब्दमा भन्दा नेपालमा याेजना अायाेगकाे भूमिका र प्रभाव नै सीमित छ । यसकाे भूमिका नीतिकाे कार्यान्वयन भन्दा पनि सल्लाहकार निकायमै सीमित छ । यस्ताेमा माथि उल्लिखित दीपक कुमार खड्काकाे फेसबुक स्टाटसमा पाका पत्रकार हरि अधिकारीले गरेकाे टिप्पणी पनि मननीय हुन जान्छ - "योजना आयोगको भूमिका पुन:परिभाषित गर्ने भन्ने कुरा त्यसका अध्यक्ष प्रधानमन्त्रीको चाहना, सोच र योजना अनुसार मात्र हुने हो । हाम्रा स्वर्णिमले कुरो राख्नसम्म सक्लान् । वास्तवमा नीति निर्माणको प्रक्रिया तलबाट शुरू हुनु पर्दछ भन्ने विकेन्द्रीकृत योजना प्रणालीका दृष्टिले हेर्दा यो योजना आयोगको तामझाम नै बेकार देखिन्छ । नियंत्रित राजनीतिक व्यवस्थाका लागि मात्र सुहाउने हो यस्तो आयोग । नेपालका सन्दर्भमा त यसले मन्त्रालय विभागहरूसँग व्यवस्थापकीय द्वन्द्व बढाउने बाहेक खासै उपलब्धिमूलक काम गरेको छैन । "
नाम चलेकाे विद्यालयहरूमा पढेका, युवा र समकालीन भन्दा धेरै कुरामा पृथक् उनबाट अाशा लाग्नु स्वभाविकै छ । याेजना अायाेगकाे सदस्य रहँदा उनले कम खर्चमा याेजना अायाेगकाे बैठक कक्ष नेपाल सम्बन्धित तथ्याङ्कहरूकाे चित्र राखेर सजाएकाे लगायतका खबरहरू पनि संचारमाध्यममा प्रचारित भएका थिए । याे एक स्यानाे उदाहरण भएता पनि यसले उनकाे शैलीलार्इ प्रतिबिम्बित गर्दछ । यिनै कुराहरूले स्वर्णिम वाग्ले याेजना अायाेगकाे उपाध्यक्ष हुनुले अामजनमानसमा अाशाकाे सञ्चार गर्दछ ।
तर वर्तमान विश्व र हाम्राे मुलुककाे अवस्थितिलार्इ अाकलन गर्दा भने त्यति उत्साहित भैहाल्ने अवस्था रहेकाे छैन। नेपालकाे याेजनाबद्ध विकासकाे कुरा गर्दा २००७ साल पछिका नेपालका हरेक याेजनामा विदेशी शक्तिकै नीतिकाे हालीमुहाली रहेकाे तीताे यथार्थ अलिकति पनि विश्लेषण गर्न सक्ने समुदायले बुझेकै कुरा हाे । यस परिप्रेक्ष्यमा देशकाे अत्यन्त अस्थिर र तरल नेतृत्वकाे राजनैतिक नियुक्तिमा (अनिश्चित छाेटाे समयका लागि) राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष बनेका वाग्लेबाट देशलार्इ अात्मगाैरव सहितकाे स्थूल र दीर्घकालिक अार्थिक समृद्धि र अात्मनिर्भरतामा अग्रसर बनाउने किसिमकाे ठूलाे नीतिगत परिवर्तन पाउने अाशा गर्नुभने अलिक अनुचित नै लाग्दछ । नेपालकाे नीतिगत तहमा पश्चिमका नामी विश्वविद्यालयमा पढेका विदेशी जागिरकाे उच्च तहमा पसेका वा पस्न लायक व्यक्तिहरू यस अघि हुँदै नभएका भने हाेइनन् । तर प्रश्न 'के तिनले नेपालकाे बाह्यअार्थिकसमृद्धिकै लागि पनि के याेगदान गरे त?' भन्ने हाे । हाे वाग्लेसित डीग्री छन्, अनुभव छ, परिकल्पना पनि हाेलान् तर के ती नेपालका लागि कति उपयाेगी हाेलान् त? के स्वर्णिम वाग्ले अाँफूले तालीम गरेका व्यक्तिहरूद्वारा विपन्न देशलार्इ विपन्न राखीराख्ने र तिनका सामाजिक, राजनीतिक, सांस्कृतिक, अार्थिकलगायतका नीतिमा कब्जा गर्ने पश्चिमी नवउपनिवेशवादकाे दुश्चक्रमा अपवाद हाेलान् त? भियतनाममा बसेका, चीनकाे अार्थिकनीतिमा समेत याेगदान गरेका भनिएका वाग्ले साँच्चै नेपाललार्इ चाहिएजस्तै अर्थशास्त्री हुन् त? यदि हुन् भने पनि उनले नेपालमा उचित अवसर र प्राेत्साहन पाउलान् त ? यिनै प्रश्नहरूकाे उत्तर खाेज्न हामीले अागामी दिनलार्इ पर्खनै पर्ने हुन्छ ।
पश्चिमी शिक्षा र प्रणालीमा भिजेका वाग्लेले पक्कै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालकाे विकास र याेजनालार्इ कुन ढंगबाट अगाडी बढाउन चाहन्छन् भन्ने बुझेकै, अनुभव गरेकै हाेलान्, यस परिप्रेक्ष्यमा उनका सामु शक्तिकेन्द्रकै गाेटी बन्ने वा गाेटी बने झैँ गरेर अलिकति भए पनि देशकाे वास्तविक समृद्धिकाे प्रयास गर्ने विकल्प रहेका छन् । यदि उनले दाेस्राे विकल्प राेजे भने पनि उनले चाहेजस्ताे काम गर्न पाउने कुरामा पनि प्रशस्त शंका छन्, तैपनि उनले अामजनताकाे बाह्यअार्थिकसमृद्धिका लागि थाेरै भए पनि केही प्रभाव पार्छन् कि भन्ने अाशा भने लागेकाे छ । भूकम्प पछि अपेक्षा गरिए जस्ताे हुन नसकेकाे देशकाे पुनर्निर्माण, वैदेशिक राेजगारीमा प्रतिदिन बढ्दाे अार्थिक निर्भरता, कृषिमा अाएकाे ह्रास, अव्यवस्थित शहरीकरण, यातायात र उद्याेगकाे क्षेत्रमा हुननसकेकाे अपेक्षागत प्रगति, उत्पादनमूलक भन्दा उपभाेक्तामूलक हुँदै गएकाे संस्कृति, देशभित्रकाे शिक्षा र स्वास्थसेवाकाे हुन नसकेकाे गुणात्मक प्रगति, युवाहरूमा घटेकाे अात्मविश्वास र अात्मगाैरवकाे अभावजस्ता अनेक विषयहरूलार्इ नेपालले वर्तमानमा गम्भीर भएर मूल्याङ्कन गर्ने अावश्यकता छ । देशकाे याेजना अायाेगले यी सबै क्षेत्रमा समकालीन विश्वसँग कसरी नेपालले प्रतिस्पर्धा गर्न सक्छ त भन्ने विषयमा ठाेस मार्गचित्र प्रस्तुत गर्नुपर्ने देखिन्छ । स्वर्णिम वाग्लेका समक्ष रहेका मुख्य चुनाैती पनि यिनै हुन् ।
उच्च सुविधाकाे अन्तर्राष्ट्रिय जागिर छाडेर कम सुविधाकाे नेपाली जागिर खान अाएका वाग्लेकाे ज्ञान र शीपकाे सही उपयाेगिता तब हुनेछ जब उनी नेपालमा रहनुले धेरै नेपालीहरूकाे अार्थिक विपन्नतामा उल्लेख्य कमी अाउनेछ ।
म सानो छदाँको कुरा झल्झली सम्झन्छु काठमाण्डुमा नै पनि जताततै डाक्टर वा वैद्यकविराजहरू सुलभ थिएनन्, कम्पाउण्डर भनेर चिनिने स्वास्थ्य सहायकहरू अलि सजिलै उपलब्ध थिए तर ती सबैको विश्वसनीयतामा कुनै प्रश्न थिएन। कसैले यो डाक्टर कस्तो होला जान्ने छ कि छैन होला अथवा चाहिँदै नचाहिँने अपरेशन गर्ने भनेर भनेको हो कि हैन होला बनेर सोधपुछ गरेको सुनिन्नथ्याे।
अहिलेको वातावरणमा सबैजसो सचेत बिरामी र बिरामीका परिबारका सदस्यलेले सोध्ने नियमित प्रश्न हुन् यी। यी प्रश्न स्वाभाविक मात्र हैन अत्यावश्यक लाग्छन् किनभने आजभोलि बिरामीको गलत निदान र उपचार भएको, शल्यक्रिया गर्न नपर्ने बिरामीको शल्यक्रिया गरेर बिरामीमाथि कल्पनै गर्न नसकिने विश्वासघात गरिएको वा गर्न खोजिएको जस्ता कुरा धेरै अविश्वसनीय लाग्दैनन्। यी कुरा चिकित्साशास्त्रको शिक्षाको गुणस्तरसित र नियमनकारीको उत्तरदायित्वसित प्रत्यक्ष सम्बन्ध भएका कुरा हुन् ।
चिकित्साशास्त्रको शिक्षामा अरु क्षेत्रमा जस्तै गुणस्तरको समस्या विकराल बन्दै गएको कुरा प्रा. डा. गोविन्द केसीका पटक–पटकका सत्याग्रहका कारण सर्वसाधारणले पनि बुझ्दै गएका छन् । चिकित्सा र चिकित्सा शिक्षा क्षेत्रमा कार्य गर्ने समुदायले यो कुरा नीजि भनिएका मेडिकल कलेजको सञ्चालन नेपालमा पनि भई ती कलेजबाट चिकित्सक उत्पादन हुन थालेदेखि नै अनुभव गरेको थियो। विदेशमा पढेर आउने चिकित्सकमध्ये कतिपयको योग्यता अत्यन्त कमजोर भएको पहिले पनि अनुभव भएकै थियो जस्मा धेरैजसो नीजि मेडिकल कलेजकै उत्पादन थिए। तर पनि देशको शासनले सरकारी रूपमा गरिरहेको गुणस्तरयुक्त हेल्थ असिस्टेण्टको पढाइ बन्द गराउँदैआफ्नो न्यूनतम उत्तरदायित्व शिक्षा र स्वास्थ्यसेवालाई पनि व्यापारको क्षेत्र बन्न प्रोत्साहित गर्दै गयो।
यसरी सरकारले जनताको कर उठाउनुको सार्थकता पनि प्रमाणित गर्न नसकेकाले चिकित्साशास्त्रको शिक्षा पनि अनैतिक व्यापारको क्षेत्रका रूपमा मौलाउन थाल्यो। वास्तवमा वर्तमान परिस्थितिमा ठुलो परिवर्तन गर्न नसकिएमा कमजोरचिकित्साशिक्षाका कारण ठुलो सङ्ख्यामा कमजोर चिकित्सक उत्पादन भैरहने तथा सक्षम चिकित्सक देशबाट पलायन भैरहने कारणबाटअहिले नै धेरै समस्याग्रस्त भैसकेको चिकित्सासेवाको गुणस्तर र विश्वसनीयता अबको दुइ तीन दशकमा कल्पना नै गर्न नसकिने किसिमले गिर्ने र अहिले प्रतिवर्ष देशका जनताकोकरोडौं रुपैयाँ विदेशमा गरिने उपचारमा खर्च भएकोमा अरबौं पुग्नसक्ने र यसै पनि देशको औद्योगिक उत्पादन कम भएर खराब भएको आर्थिक अवस्था झन् कमजोर हुँदै जाने कुरा टड्कारो रूपमा देखिन्छ।
व्यापारको मुख्य उद्देश्यबाट चिकित्साशास्त्रको शिक्षा चल्ने वातावरण बनाउनमा शासनको प्रमुख हात भएको कुरामा विवाद नभए पनि यहि एक मात्र कारण भने हैन। चिकित्साशास्त्र पढ्ने कस्ले र किन भन्ने कुरामा शिक्षाविद्, अभिभावक र विद्यार्थीको विचार नै नपुग्नु र आपसमा खुला छलफल नहुनु, अनि माध्यमिक तथा उच्च माध्यमिक शिक्षाको तीव्र व्यापारीकरणले शिक्षाको वास्तविक स्तर दिनानुदिन कमजोर हुदै जानु पनि यसका सहायक कारण हुन्।
पुर्वीय चिकित्साशास्त्रका पिता चरकले हजारौ वर्ष पहिले चरकसंहितामा चिकित्सा शास्त्रको ज्ञान पैसा कमाउने उद्देश्यले उपदेश गरिएको हैन, वास्तवमा दुस्खीको दु:ख हरण गर्ने एकमात्र उद्देश्य राखेर जो पनि राम्रोसित चिकित्साशास्त्रमा दक्षता प्राप्त गरको चिकित्सक उपचारमा लागिरहन्छ उसले अत्यन्तै विशिष्ट मानसिक सुख प्राप्त गर्छूभन्दैचिकित्साशास्त्रको दुरुपयोग हुन नपाओस्, लोककल्याणमा रुचि हुनेले नै चिकित्साशास्त्र पढुन् भन्ने स्पष्ट मार्गनिर्देशन गरेको पाइन्छ।
चिकित्साको व्यापारीकरण गर्नाले यसबाट प्राप्त हुने असीम आनन्द र पुण्यबाट वञ्छित हुन पर्ने हुन्छ भनेर त्यस्तो काम गर्नबाट बच्न प्रेरणा पनि त्यहाँ दिइएको छ। वास्तवमा रोगीहरूलाई रोगमुक्त गर्दा प्राप्त हुने आनन्दका बारेमा औपचारिकरूपमा आधुनिक चिकित्साशास्त्रको शिक्षामा पढाइँदैन न त अरु वादहरूभन्दा व्यापक रूपमा आफ्नो प्रभाव देखाएको उपभोक्तावादबाटप्रभावित अधिकांश अभिभावक यो आत्मसन्तुष्टिका कारणले आफ्ना सन्तानलाई चिकित्साशास्त्र पढाउने तर्फ आकृष्ट भएको भान हुन्छ।
पढाइमा कमजोर आफ्ना सन्तानलाई पनि धेरै पैसा तिरेर चिकित्साशास्त्र पढाउन थाल्दा मात्रै पनि इज्जत र उपलब्धि ठान्ने र त्यसमाथि एमबबिबिएस उपाधि समेत दिलाउन सक्नु त स्वयम् ठुलो उपलब्धि हो भन्ने भ्रम धेरै अभिभावकमा देखिएको र एमबबिबिएस उपाधि भए पनि ज्ञान र सीपमा कमजोर भएपछि जीवनभर सामाजिक र मानसिक रूपमा हीनताले ग्रस्त भएर बाँच्नुपर्ने सम्भावनाको कुनै आकलन गर्न नसक्ने अभिभावक र भर्ना हुन तत्पर विद्यार्थीका कारण व्यापारिक शिक्षा मौलाउन सकेको छ। फेरि पनि नियमनकारी निकायको पूर्ण हेलचेक्र्याइँ नै यस अवस्थाको कारक भएको कुरो भने बिर्सन मिल्दैन।
वास्तवमा विश्वविद्यालय जस्ता उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने प्राज्ञिक निकाय पनि ज्ञानकै मात्र मापन गर्नमा पनि अत्यन्त कमजोर, जानी नजानी पनि दिइएका मध्ये ५०५ प्रश्नमा दिइएका चार उत्तरमा एउटा सही छान्ने जतिलाई सक्षम मान्ने, प्रवृत्ति र अभिरुचिको परीक्षण नै नगर्ने किसिमका नाममात्रका प्रवेश परीक्षा लिएर चिकित्साशिक्षामा अभिरुचि र अभिमुखीकरण नै नभएका अनिपढ्ने क्षमता र प्रवृत्ति नै भएका कारणकुनै किसिमको प्राज्ञिक शिक्षामा पनि अनुपयुक्त ठहरिनेविद्यार्थी समेत छान्ने काम गरेर यो बेथितिको र व्यापारीकरणकोवाहक तथा परिपोषक हुन पुगेका छन् ।
चिकित्सा शिक्षा जीव विज्ञानमा अभिरुचि र प्रवृत्ति भएका तथा रोगी वा पीडित व्यक्तिसप्रति मानसिक रूपमा संवेदना तथा सहानुभूति राख्नसक्ने, धैर्य, परिश्रम, सहनशीलता, जिज्ञासा जस्ता गुण भएका विद्यार्थीका लागि मात्र उपयुक्त विषय हो। वास्तवमा यी मानवीयगुण त जुनसुकै क्षेत्रमा काम गर्ने जोसुकैका लागि पनि वाञ्छनीय सद्गुण नै हुन्। त्यसमाथि चिकित्साशास्त्रजस्तो मानिसको जीवन र स्वास्थ्यसित सोझै जोडिएको अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि त यी अनिवार्य नै छन्। यसै कुरामा जोड दिन चिकित्सीय मानविकी शिक्षा भनेर आजभोलि विश्वभरि नै चिकित्साशिक्षा अन्तर्गत यी गुणको विकास गर्न उपयुक्त क्रियाकलाप पाठ्यक्रममा समावेश गर्न पनि थालिएको छ। तर हाम्रो कुरा गर्ने हो भने व्यापारीकरणको मारमा परेका सबैजसो शैक्षिक निकायले कुरा बुझेर पनि नबुझेको जस्तो गरीरहेकै छन् जसले गर्दा जनसाधारणमा यो जसले पैसा तिर्नसक्छ उसले पढ्ने वा भर्ना हुने क्षेत्र हो भनेजस्तो भ्रम झनै बढीरहेको छ।
अर्कातिर साच्चै रुचि र संवेदना भएका अनि भविष्यमा दुर्गम क्षेत्रका जिल्ला वा गाँउमा गएर काम गर्ने संभावना धेरै भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरू चिकित्साशास्त्र पढ्नबाट वञ्चित हुनपर्ने जस्तो देशका लागि अत्यन्त निराशाजनक वातावरण बनेको छ। सानो सङ्ख्यामा नि:शुल्क सीटमा पढ्न पाएका विपन्न र जेहन्दार मध्येका तथा रुचि र सेवाभावका कारण पैसा तिरेरै भर्ना भएकाकतिपय विद्यार्थी पनि उनीहरूसँगै पढ्ने रुचि कम भएका र सेवाभाव नभएका पैसाका भरमा भर्ना भएका विद्यार्थीले सिर्जना गर्ने वातावरणको प्रभावमा आउनसक्ने भएकाले उनीहरूबाट पनि जे जति उत्कृष्ट सीप, संवेदनशीलता र सेवाको भावनाको आशा गर्न सकिन्थ्यो त्यति गर्न नसकिने चिन्ताजनक परिस्थितिले देशको समग्र भविष्य र स्वास्थ्यसेवाको भविष्य प्रति चिन्तनशील सबैको ध्यान आकृष्ट गर्छ।
उपयुक्त विद्यार्थी मात्रै चिकित्साशास्त्र पढ्न छानिने र आर्थिक अवस्थाकै कारण पढ्न नपाउने वातावरणमा आमूल परिवर्तन गर्न ढीलो गर्न नहुने कुरा सबै सम्बन्धित निकायले बुझ्नै पर्छ। -