Sunday, November 26, 2017

पुत्री मम खलु निद्राति (My Daughter Sleeps)

~ विश्वासः
~English: Shiva Sankalpa


पुत्री मम खलु निद्राति
पुत्री मम खलु निद्राति ।
सुन्दरशयने सुखमयवसने
पुत्री मम खलु निद्राति ।।

रे रे वायस कर्कशकण्ठ!
मा रट मा रट कर्णकठाेरम्
श्रान्ता, क्लान्ता, पुनरनुनीता
पुत्री मम खलु निद्राति ।।

म्याउँ म्याउँ मा कुरु घाेरविरावं
चल चल रे खल चाेर बिडाल ।
स्निग्धा, मुग्धा, सेवितदुग्धा
पुत्री मम खलु निद्राति ।।

उच्चैर् मा भष शुनकवराक
भाै भाै मा कुरु कार्यविहीन ।
विमला, कुशला, सुमनाेमृदुला
पुत्री मम खलु निद्राति ।।

रे रे मशक! मा कुरु गानम्
मा स्पृश, मा दश, रक्तपिपासाे ।
सुदती, सुमुखी, शाेभनगात्री
पुत्री मम खलु निद्राति ।।

My daughter sleeps
My daughter sleeps
In beautiful bed, in light cloths
My daughter sleeps

Crow! Crow! with your throaty cries
Stop your jarring caws
Tired and withered, finally pleased
My daughter sleeps

Kitty! Kitty! don't thrill, don't growl
Go away, you thief!
Charming and lovely after drinking milk
My daughter sleeps

Doggy! Doggy! Don't bark loud
Don't you have some other job?
Neat and clean, soft and smooth
My daughter sleeps

Mosquito! Mosquito!Don't sing
don't touch and don't ever sting
with a beautiful face with beautiful limbs
My daughter sleeps





Thursday, November 23, 2017

बीबीसी, रवीन्द्र मिश्र र चुनाव



~शिव सङ्कल्प

धेरै नेपालीहरूले झैँ मैले पनि सानै देखि बीबीसी नेपाली सेवा सुन्थेँ । प्रचण्डमान सिंह, खगेन्द्र नेपाली, मणि राणा, स्वर्णिम वाग्ले सुमन खरेलहरूलार्इ सुनेकाे याद छ । म कुरा बुझ्ने हुँदै जानु रवीन्द्र मिश्र बीबीसीमा अाउनु सँगै जस्ताे भयाे । हाल तिनै रवीन्द्र मिश्र चुनावमा उठेकाे प्रसङ्गमा यी अनुच्छेदहरू लेखिँदै छन् ।

ठूलाे संख्यामा नेपालीहरू बेलुका पाैने नाै बजेपछि बीबीसी नेपाली सेवा सुन्छन् । हाम्राे घरमा पनि याे कार्यक्रम सुनिन्थ्याे । तर हाम्राे घरमा यस बाहेक अल इण्डिया रेडियाे,  चिनियाँ अन्तराष्ट्रिय रेडियाेकाे नेपाली सेवा,
भ्वाइस अफ अमेरिका, डचे बेले, अावाज प्रष्ट अाएसम्म रेडियाे पाकिस्तान, फिलिपिन्स, अष्ट्रेलियाका रेडियाे समेत सुन्ने चलन  थियाे । तर कुरा बुझ्ने हुँदै जाँदा मैले बीबीसी सुन्न छाडेँ । संचारकाे नयाँ युग सँगै अन्य रेडियाेहरूका स्थान पनि तिनै समाचार संस्थाका वेबपेजहरूले लिँदै गए ।

मैले बीबीसी सुन्न छाड्नुका धेरै कारण छन् । इराक, लिबिया, अफगानिस्तान, सिरिया, उत्तर काेरिया, साउदी अरेबिया, पाकिस्तान अादिका समाचारमा बीबीसीकाे निष्पक्षताकाे स्तर जर्मनीकाे डचे बेलेकै तुलनामा पनि निम्न काेटीकाे सुनिनु, रवीन्द्र मिश्रकाे प्रश्न गर्ने शैली मलार्इ व्यक्तिगत रूपमा असम्मानजनक र एउटा भद्र पत्रकारकाे लागि अशाेभनीय लाग्नु, भाषिक रूपमा असंगत प्रयाेग निरन्तर गरिनु (जस्तैः फलानाले 'पठाएका' याे रिपाेर्ट) अादि तीमध्ये प्रमुख हुन् ।अहिले त मैले याे सुन्न चटक्कै छाडेकाे पनि दश बाह्र वर्ष पुगिसकेकाे छ । 


अब चर्चा गराैँ रवीन्द्र मिश्रकाे जाे हालकाे चुनावमा  उम्मेद्वारकाे रूपमा खडा छन् । अहिलेकाे परिप्रेक्ष्यमा भाेट हाल्न बडा कठिन छ । हामीसँग उठेकामध्ये कसैलार्इ पनि चुन्दिन भन्ने विकल्प उपलब्ध छैन । बदर गर्दा अज्ञानी ठहरिने अवस्था रहेकाे छ ।  पुराना दलले अाफ्नाे स्वरूप बारबार देखाइसकेकाे अवस्था छ । त अब भाेट हाल्ने पक्षमा रवीन्द्र मिश्र र उनकाे दलमात्रै विकल्पकाे रूपमा देखा परेका छन् । ती पनि सबै ठाउँमा छैनन् । भएका  पनि धेरै ठाउँमा तिनकाे चर्चा छैन ।  यस्ताेमा जनताले नाम सुनेका विकल्प रवीन्द्र मिश्र नै हुन् । तिनकाे क्षेत्रका विकल्प खाेज्ने धेरैले उनलार्इ भाेट हाल्नेछन् । तर रवीन्द्र मिश्र भयङ्कर पराेपकारी हुन्, उनले देशलार्इ स्वाट्टै बदल्छन्,  ठूलाे जागिर छाडेर अाएका छन् अादि विषयलार्इ लिएर पुराना दलका तलुवाचटुवाकै शैलीमा उनकाे स्तुतिगान गरिन्छ भने त्याे परिवर्तनकाे  संकेत हाेइन । निःसन्देह एकपटक उनलार्इ भाेट दिन सकिन्छ तर उनलार्इ निरन्तर खबरदारी गर्न र अावश्यक परेमा पाँच वर्ष पछि फेरी कहिल्यै नउठ्ने गरेर बहिष्कार गर्न तयार रहनु पर्छ । जनताकाे यस्तै विचेत शैलीले चुनिएकाहरूले हामीलार्इ धाेका दिने हुन् । विगतका हाम्रा गल्ती तिनै हुन् जब हामीले निरन्तरै एकै शैलीका मान्छेलार्इ चुनिरह्याैँ, कसैलार्इ पनि कहिल्यै उठ्न नसक्ने गरेर बहिष्कार गर्न सकेनाैँ र तिनले हामीलार्इ वारंवार धाेका दिए । रवीन्द्रले हामीलार्इ धाेका देलान् कि नदेलान् त ? त्याे समयकाे गर्भमा छ । तर विगतकाे अाधारमा केही विश्लेषण भने गर्न सकिन्छ ।

रवीन्द्र मिश्रले लामाे समयसम्म विदेशी संचार माध्यममा जागिर खाए । जति नै स्वतन्त्र भने पनि त्यहाँ रहँदा उनले जानेर नजानेर  मालिककाे नीतिगत विचारकै पक्षपोषण गर्नुपर्याे ।  त्यहाँ रहँदा उनलार्इ याे सबैकाे चेत खुलेर राजीनामा दिएका हुन् कि ? उनलार्इ साँच्चै देशकाे मायाले पिराेलेकाे हाे कि? कि उनी कुनै अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनका पात्र बनेका हुन् ? यसकाे उत्तर खाेज्न रवीन्द्रकाे अागामी राजनैतिक क्रियाकलाप हेर्नै पर्छ । तर पुरातन शैलीका याेगदानशून्य मानिसहरूलार्इ पटक पटक चुनेका हामीले एकपटक उनलार्इ चुन्दैमा केही बित्दैन । उनलार्इ चुनेर उनलार्इ काम गर्न अवसर दिन सकिन्छ । अाशा गर्न सकिन्छ कि बीबीसीमा पश्चिमा हैकमवादकाे छायाँले गाँजिएर केहि त अाफ्नै देशमा गराैँ भन्ने भाव जागेर नै पाे उनी राजनीतिमा छिरेका हुन् कि ? कल्याणकारी काेषकाे कल्याणकारी नै प्रयाेग गर्ने मन रहँदा रहँदै पनि सबै भन्दा अावश्यक ठाउँहरूमा प्रयाेग हुन नसकेकाे हाे कि? जनताका दबाबले उनलार्इ साँच्चै भित्रबाट राम्राे गर्न प्रेरणा दिन्छ कि?

यदि याे सबै भएमा पनि रवीन्द्र मिश्रकाे अागामी मार्ग कठाेर छ । हाम्राे शासकीय स्वरूप खर्चिलाे बनाइएकाे छ । मिश्रित चुनाव प्रणालीले सरकारकाे समर्थन सीमित बनाएकाे छ । शासनतन्त्रकाे खर्च ठूलाे छ । शासक र शासित बीच खाडल बढ्दाे छ । अार्थिक अात्मनिर्भरताकाे तर्फ दूरदूरसम्म पनि अाशालाग्दा किरणहरू छैनन् । वैकल्पिक मानिएका शक्तिहरूले अाफूलार्इ विश्वास गर्ने गतिला अाधारहरू दिन सकेका छैनन् । जनतामा चरम निराशा र अात्मविश्वासकाे अभाव छ । टाढाबाढाहरू कुनै शक्तिकेन्द्रकाे संरक्षणमा पर्न पाए हुन्थ्याे भन्ने दाउमा छन् । बुद्धिजीवि 
भनिएकाहरू कुबुद्धिजीवि छन् । समाजमा भय, लाेभ र पाप व्याप्त छ, पापी र बिकेकाहरूकाे ठूलाे जमात छ र त्याे भन्दा ठूलाे जमात अवसर पाए पाप गर्न र बिक्न पालाे पर्खेकाहरूकाे छ । यस्ताे प्रतिकूल परिस्थितिमा पनि एकजना दुर्इ जना भए पनि हिम्मत हार्न भने हुँदैन । परिवर्तनका लागि प्रयास गरी नै रहनुपर्छ ।


अबका परिवर्तनकामीहरूले व्यापक रूपमा जनचेतनाकाे अभिवृद्धिमा लाग्नुपर्छ । अाफ्नाे अार्थिक चरित्र स्वच्छ राख्नसक्नु पर्छ  । जनतामा अात्मविश्वास जगाउन सक्नुपर्छ । क्षमतावान् हरूलार्इ अवसर दिइनुपर्छ । सबै तिर भएका नकारात्मक प्रवृत्ति कम गराउँदै लान प्रयास गर्नु पर्छ । यसाे भएका हरेक दल राम्रा हुनेछन् , विवेकशील हुनेछन् र सबैका साझा हुनेछन् । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जसले  जिते पनि राम्रै गर्नेछन् ।  चुनावमा अाफूले जिते देश स्वर्ग र अर्काले देश नरक भनेर प्रचार गर्दा पनि पत्याएर सुन्ने जनता रहनेछैनन् । सबैकाे लक्ष्य सुशासन र विकास हुनेछ, लाेकतन्त्र रवीन्द्र मिश्रले भन्ने गरे जस्तो साँच्चैकाे लाेककल्याणकारी तन्त्र बन्नेछ । 



Friday, November 3, 2017

नारी-रस


एउटी नारी, ती प्रत्येक अनुहार हुन्
जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू
उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूकाे संकुचन
कहिल्यै पनि उनकाे अाफ्नै लागि भएन
चाहे उनी एक्लै किन नहुन्
उनलार्इ "विछट्टै राम्री" हुनै पर्याे
जसरी बियाेन्से त्याे पातालकी गानसुन्दरी एकाबिहानै उद्घाेष गर्छे
"म भर्खर उठ्दा नै यस्ती छु"


"लियाेङ ली"का हलुवावेदका ससाना खैरा दागहरूले
चुपचाप फल पाकेकाे जनाउ दिन्छन्
मान्छेकाे संसारकी हलुवावेद
चुपचाप पाक्न पनि सक्दिन
उसले सुगन्ध छर्नै पर्छ
जल्लादहरूलार्इ पत्ताे दिनै पर्छ
"अाउ चिथाेर, चुस अनि निल
खाउ मेराे मासु"

एउटी नारीले सुगन्धित हुनै पर्छ
अरू त अरू उनकाे गुह्यबाट पनि गुलाबकै काेपिलाकाे सुवास अाउनुपर्छ
बिहानका सासहरू
काेमल दण्ड हुन्
प्रत्येक दिन उनले तराेताजा हुनैपर्छ
चाहेर हाेस् या नचाहेरै पनि
फूलदानमा सजिएकाे गुलाफले बासी हुन पाउँछ र ?
तर गुलाफ, अति चहिकिलाे अनि रक्तिम
कति काेमल त्याे जीवन
फूलदानमा गुलाफ अलक्क झुर्रिए झैँ
उनले पाउँछिन् र !, कहिल्यै खुसी ?

खुसी ?
गुलाफलार्इ खुसी हुन नपर्ला
केटाकेटीहरू खुसी हुन्छन्
तर नारी केटाकेटी हाेइनन्
बालवासना
गुलाफलार्इ मच्याकमुचुक पार्नु
अपराध त हैन
एउटी नारीले  बगाउनैपर्छ
अाँसु र रगत
अनि पल्टिनुपर्छ निष्क्रिय
धर्ती झैँ अनि  खुँदिनुपर्छ लाेभी पैतालाहरूबाट
ती कुलाहरू, खाेँचहरू अनि घाँसे मैदानहरू
अनि त्याे समुद्र
र लवणयुक्त जल, जहाँ जीवनका बीजहरू टुसाउँछन्
त्याे कम्पनकारी रहस्यलाेक
सदा सदाकाे लागि चढ्दै अनि सदा सदाकाे लागि अाेर्लँदै बज्छ

त्याे सहनशक्तिकाे सङ्गीत

प्रत्येक दिन
जीवनले उधिन्छ उनका चिलाउने घाउका भित्ताहरू
खाेस्रन्छ उनका मृदुल मासुका पत्रहरू
जसरी किसानले खाेतल्छ खेत अालु राेप्नुअघि
कहिले त उनी फल दिन्छिन्
कहिले सक्दिनन्
अनि सुकसुकाउँछिन्

अाँखामुनि लत्रिएकाे छ मासु
मानाैँ क्रुद्ध छन् उनका अनुहारका रगतका नसाहरू पनि

घण्टाैँकाे राेदन पछि फुलेकाे छ नाथ्राे
सक्दिनन् सामना गर्न एेनाकाे
"कता लुकाउनु मैले मेराे थुतुनाे ?"

अनेक छन् शृंगारका साधन, ती लाली र पाउडरहरू
अनि अनेक शीशी भरी छन् सहानुभूतिका झाेलहरू
रङ उँडेका नारीका अनुहारहरूका लागि

उनी जे भेट्छन् हातहरूले, पाेतर्छिन् अनुहारमा
छन्द्र्याङ्ग अावाज गर्दै खस्छन् शीशीहरू
अनि उनकाे मुटुमा ढ्याङ्राे बज्छ
तर अँध्याराे पलाउँदै जान्छ
अनि बिस्तारै अाउँछे उन्मत्त मृत्युपरी
जूनकाे उज्यालाेकाे प्वाँखमा चढेर
काेतर्दै उनका अाँखा मुनिका मासुहरू
थुपार्दै मासुका डल्ला उनकाे छिनेकाे कम्मरमा
अनि भवन बन्छ कुरूप
अाह!
त्याे मर्त्यसंगीत !




Original

A woman is every face 
with the awareness of being watched
that little twich of her lip, or her frown
is never entirely for her own,
even when alone
she is meant to ‘look’ glorious
Beyonce announces for the world to see
‘I woke up like this.’

Li Young’s little brown spots,
that mark the ripening of Parsimmons.
Parsimmons
in the human world
cannot just ripen without any sign
they must leave a trail of fragrance
for her executioners
to come find her
eat her
meat .

A woman must smell good,
even her cunt should smell of rosebud
the morning breaths
are the gentle punishment
she must undergo everyday
fresh
whether or not she feels to it
Can a rose in a florist’s stand afford staleness?
But a rose, so bright and bloody
so delicate a creature
as the rose pruned carefully in the florist’s stand,
can she, but ever, be happy?

Happy?
A rose need not be happy.
Children are happy
A woman isn’t a child
paedophile
to strangle a rose
isn’t a crime
a woman must bleed
in tears and blood
she must lay passive
like a virgin land under the trampler’s greedy foot
the creeks, the gorges, the turfs
the sea
the brine, where the seeds of life germinates
the tremulous land of mystery
forever rising, forever falling
the symphonoy of endurance
each day,
the life etches into the walls of her reef ,
scrapping her tender flesh
like a farmer digging in to sow potato
sometimes, she yields
sometimes, she chokes
and weeps
the puffed up bags under her eye
the agitated blood capillaries on her face
the swollen sinus from hours of crying
she cannot face herself in the mirror
where must I hide this ugly face?
There are lotions, there are concealers
there are endless bottles filled with the syrup of sympathy
for the face of a woman gone ugly
She rummages through them
dabbing everything she can get her hands on
the bottles rattle and fall down with heavy, sinister sound
making her heart pound
but the darkness is setting soon
the melancholic angel of death
will be riding on the gentle, silvery filaments of moon
etching the fine lines around her eyes
stuffing a pound of meat, in the slim column of her waist
a building gone awry
the sigh
the music of mortals.
~ bhushita, 'Every Woman'

धेरै पढिएकाे

पृष्ठ संग्रह