याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ ।
अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ।
नेपालकाे राष्ट्रिय चिह्नमा अङ्कित वाक्य (श्लाेकार्ध) हाे याे ।
धेरैलार्इ श्लाेकार्धकाे पूरा श्लाेक पनि कण्ठ छ ।
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते |
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ||
(हे लक्ष्मण, जतिनै सुनैसुनकाे भए पनि मलार्इ लङ्का मन पर्दैन, किनभने अामा र जन्मभूमि नै स्वर्गभन्दा पनि ठूला हुन् ।)
धेरैलार्इ याे श्लाेक वाल्मीकि रामायणकाे हाे भन्ने लाग्छ, यद्यपि हाल उपलब्ध वाल्मीकि रामायणमा याे श्लाेक पाइँदैन । संभवतः याे श्लाेक हनुमान्द्वारा रचित रामायणकाे हुन सक्ने मानिन्छ । जुन रामायण हाल पूर्ण रूपमा उपलब्ध छैन ।
यसबारे पढ्न यता जानुहाेस् ।
यसबारे पढ्न यता जानुहाेस् ।
तर सन् १९३०मा हिन्दी प्रचार प्रेस मद्रासले प्रकाशित गरेकाे वाल्मीकि रामायणकाे संस्करणकाे युद्धकाण्डमा (सर्ग १२४ श्लाे. १७) मा भने पहिलाे पंक्ति भिन्दै रहेकाे याे श्लाेक पाइन्छ अरे । यहाँ याे श्लाेक रामका मुखबाट नभै भारद्वाजका मुखबाट रामलार्इ उपदेश दिँदाकाे प्रसङ्गमा अाएकाे छ । जुन यस्ताे छ ः
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव |
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ||
( मित्रहरू, धन र अन्नकाे संसारमा ठूलाे मान छ तर अामा र जन्मभूमि चाहिँ स्वर्गभन्दा पनि ठूला हुन् ।)
भक्तराज अाचार्यले गाएकाे प्रसिद्ध राष्ट्रिय गीत 'जहाँ छन् बुद्धका अाँखा'मा (२ः२९) पनि याे पंक्तिकाे प्रयाेग गरिएकाे छ ।
भक्तराज अाचार्यले गाएकाे प्रसिद्ध राष्ट्रिय गीत 'जहाँ छन् बुद्धका अाँखा'मा (२ः२९) पनि याे पंक्तिकाे प्रयाेग गरिएकाे छ ।
No comments:
Post a Comment