तर अचेत जनताले चुनेका विचेत प्रतिनिधिले बनेको विधायिकालाई मुट्टीभर शक्तिले दुरूपयोग गर्दा 'न्यायपालिकाले बचायो'भन्नु र 'राजाआऊ देश बचाऊ' भन्नु एकै हो ।
पहिचान, अधिकार, आत्मनिर्णय अनि सार्वभौमिकता सबै सोझै आत्मनिर्भरतासित जोडिन्छन् अनि आत्मनिर्भरता कडा परिश्रम र त्यागसित । दानमा मागेको मतपेटिकाले तीन तहको निर्वाचन गराएर यो स्थापित हुनेवाला छैन ।
नेपालका राजनैतिक दलले सत्ताको लागि विगत र वर्तमानमा गरेको तालमेल देखिएकै हो, तसर्थ हाल स्थानीय निर्वाचनको अवसरमा विभिन्न ठाउँमा गरेको तालमेलले यी दलको सिद्धान्तहीनता र सत्तालोलुपता पहिलो पटक उजागर भएको हैन । यो त जनताको अझै रहेको निम्न चेतनास्तरको परिचायक हो । जसले जहिले जता जसरी घसेटे पनि घसेटिने घसेउटा भन्दा केही हैसियत रहेन हाम्रो!

अत: देश बचाउन 'अचेत' जनता 'सचेत' नभैकन संभव छैन ।
यो कार्यभार मुख्यरूपमा बुद्धिजीविको हो । तर बिकेका र बिक्न पालो पर्खेका कथित बुद्धिजीविबाट यो संभव छैन । साँच्चैका बुद्धिजीवि कोहि भए यसतर्फ प्रयास गरौँ ।
No comments:
Post a Comment