
"हजुरले केवल दशानन रावणकाे बध गर्नुभएकाे हाे तर उसकाे भार्इ सहस्रानन अझै जिउँदै छ । उसलार्इ जित्नुभयाे भने बल्ल हजुरकाे वीरता र याे शाैर्यगान सार्थक हुनेछ ।"
सीताजीका वचन सुनेर श्रीरामले तुरुन्त चतुरङ्गिणी सेना तयार गरी विभीषण, लक्ष्मण, भरत, शत्रुध्न, हनुमान् अादि वीरहरूलार्इ साथमा लिएर समुद्रपार गरी सहस्राननमाथि चढार्इ गरे । साथमा सीता माता पनि थिइन् । तर चढार्इ गर्नु के थियाे सहस्राननले मात्र एक बाण प्रहार गरी श्रीरामका सम्पूर्णसेना र वीरहरूलार्इ एकैपटक उचालेर अयाेध्यामा पछारिदियाे । रणभूमिमा केवल राम र सीता मात्रै रहे । त्यसमा पनि सहस्राननकाे बाण लागेर राम पनि मूर्च्छित भए ।
त्यसपछि माता सीता भयङ्कर क्राेधित भर्इ असीता अर्थात् महाकाली स्वरूप लिर्इ सहस्राननकाे बध गरीन् । सहस्राननकाे वध गरीसकेपछि पनि महाकालीकाे रिस शान्त भएन । उनी जिब्राे लपलपाउँदै उन्मत्त नृत्य गर्न लागिन् । पछि महादेव शिव स्वयं महाकालीकाे पाउमुनि अाएर लडे पछि बल्ल महाकालीकाे रिस शान्त भयाे र उनी पुनः सीताजीकाे स्वरूपमा अार्इ रामलार्इ विउँझाएर अयाेध्या फर्किइन् ।
कथाः अद्भुत रामायण
चित्रः काली (राजा रवि वर्मा)
No comments:
Post a Comment